पोखरा आउँदै गरेको बस दुर्घटना

पाेखरा | फागुन ३, २०७९

पोखरा आउँदै गरेको बस दुर्घटना

पोखरा:    मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ।  जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा।लि।को बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।


बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन्। अन्य यात्रु भने सामान्य घाइते छन्। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरीक्षक ९डीएसपी०रविन्द्रनाथ पौडेलले जानकारी दिए।


गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा ल्याइदै छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) पोडेलले जानकारी दिए।


बस दुर्घटनाको सूचना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनाम स्थलमा पुगेर उद्दारमा खटिएको थियो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्